बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति  राज कुन्द्रा पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ५, मङ्गलबार  
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति  राज कुन्द्रा पक्राउ

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । 

अश्लिल फिल्म पोर्न फिल्म बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ ।

उनलाई अश्लिल फिल्म बनाउने र त्यसलयाई ऐपमा रिलिज गर्ने आरोपमा गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार