नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण शुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ४, साेमबार  
नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण शुरु

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ । एएफसी महिला एसियन कप छनोटका लागि ४५ खेलाडीलाई बोलाएका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ  ।

गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।तर , सूचीमा नेपालको सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी छैनन् । चोटका कारण हाल उनी उपचारको क्रममा कतारमा छिन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार