आफ्नै बिहेमा बेहुला निदाएपछि

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ३, आइतबार  
आफ्नै बिहेमा बेहुला निदाएपछि

एजेन्सी । आफ्नै विवाहमा बेहुला निदाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको एउटा गाउँमा भएको विवाहमा बेहुला नै निदाएको भिडियो भाइरल भइरहेको हो ।

वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।भारतमा विवाह हुँदाका विभिन्न खाले भिडियोहरू समय समयमा भाइरल भइरहेका हुन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार