विवाह गर्नु महिलाहरुको लागी बेफाइदा , कारण जान्नुस

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ३, आइतबार  
विवाह गर्नु महिलाहरुको लागी बेफाइदा , कारण जान्नुस

विवाह पौराणिक कालदेखि चल्दै आएको सामाजिक व्यवस्था हो । तर अष्ट्रेलियाकी रिलेशनशिप एक्सपर्ट तथा लेखिका नादिया बोकोडी यसमा अर्कै धारणा राख्छिन् । उनी आफ्नो एक बयानका लागि चर्चामा छिन् । नादियाका अनुसार महिलाले विवाह गर्नुहुँदैन किनभने यसले पुरुषलाई मात्रै फाइदा पुर्याउँछ । आफ्नो इन्स्टाग्राम पोस्टमा नादियाले विवाहका कारण महिलाले घरेलु काम बढी गर्नुपर्छ । नादियाका अनुसार महिलाले एकै समयमा आफ्नो करियरका साथै बालबच्चाको सही तरिकाले हेरविचार गरोस् भन्ने अपेक्षा राखिन्छ। नादियाले लेखिन्, ‘विवाह एक पुरुष प्रधान चिज हो जसले पुरुषलाई अत्यधिक लाभ दिन्छ भने महिलालाई हानीबाहेक केही गर्दैन।’

नादिया विवाहको बारेमाा पुरै नकारात्मक देखिन्छिन । नादिया थप्छिन्, ‘विवाहित पुरुष बढी कमाउँछन् र घरमा तलब बिना काम गरिरहेका महिलाका कारण लामो जीवन बाँच्छन् । विवाहपछि महिलाबाट हरेक क्षेत्रमा राम्रो प्रदर्शनको आशा गरिन्छ । यस्तै, जो महिला विवाह गर्दैनन् र राम्रो कमाउँछन्, उनीहरु लामो समयसम्म बाँच्छन् र असाध्यै खुसी हुन्छन् ।’ नादियाले यो तथ्यका लागि क्यालिफोर्निया युनिभर्सिटीको एक शोधलाई उद्धृत गरेकी छिन् । नादियाले भनिन्, ‘यो अनुसन्धानले बताउँछ कि पुरुषसँग बसिरहेका महिला दोब्बर घरेलु भार उठाउँछन् र बालबच्चाको पालन–पोषणमा आफ्नो शत प्रतिशत दिन्छन्, भलै उनी फूल टाइम जागिर खान्छिन् ।’

‘परिवार र करियरबीचको सन्तुलन स्थापित गरेका कारण महिलाको कमाई कम हुन्छ जबकी यो स्थितिको लाभ उठाएर पुरुष आफ्नो कमाई बढाउँदै जान्छन् ।’ यी आँकडाबारे कुरा गर्दै नादियाले आफ्ना महिला फलोअर्सलाई विवाह नगर्न सल्लाह दिन्छिन् । नादियाको पोस्टमा १६ सय भन्दा बढी लाइक्स र थुप्रै सकारात्मक कमेन्ट आइरहेका छन् । एक महिला प्रयोगकर्ताले लेखिन्, ‘इमान्दारीपूर्वक भन्ने हो भने म पछिल्लो १० वर्षदेखि सिंगल छु र असाध्यै खुसी छु । मैले आफ्नै घर किनिसकेकी छु र मेरो जीवन पूर्ण रुपमा स्थापित भइसकेको छ र यसमा मेरो नै नियन्त्रण छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार