नर्वेमा सोसल मिडिया स्टारहरुलाई ‘एडिट’ गरेको फोटो पोस्ट गर्न नयाँ नियम

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ३, आइतबार  
नर्वेमा सोसल मिडिया स्टारहरुलाई ‘एडिट’ गरेको फोटो पोस्ट गर्न नयाँ नियम

एजेन्सी । पछिल्लो समय इन्स्टाग्राम, फेसबुक लगायत सामाजिक संजालहरुमा पातलो शरीर, सफा चम्किलो अनुहार बनाएर तस्बिर राख्ने ट्रेन्ड लोकप्रिय बनेको देख्न सकिन्छ ।

तर यो नयाँ ट्रेन्डकै कारण धेरै युवाहरु सामाजिक एवम मानसिक तनावबाट गुज्रिने गरेको पनि पाइएको छ । धेरै अवस्थामा त्यस्ता तस्बिरहरु वास्तविक नभएर बनावटी अर्थात फिल्टर राखिएको या ‘एडिट’ गरिएका हुने गर्दछन् तर लाखौँ करोडौँ फलोअर भएका ‘सोसल मिडिया स्टार’ हरुले राख्ने त्यस्ता तस्बिरहरुबाट प्रभावित भइ असली जीवनमा सौन्दर्यताको अव्यवहारिक स्तर प्राप्त गर्न नसक्दा युवाहरुको आत्मविश्वास घट्ने गरेको छ । 

त्यसैले नर्वेमा यस सम्बन्धी अब नयाँ कानुन लागू हुने भएको हो जस अन्र्तगत सोसल मिडिया स्टारहरुले आफ्ना तस्बिरहरु राख्दा त्यसलाई कुनैपनि किसिमले ‘एडिट’ गरेको भएमा यसबारे जानकारी नगराइ पोस्ट गर्न पाउने छैनन् । 

सो नियम सबै प्रयोगकर्ताहरुमा लागू हुने बताइएको छ । यसले युवाहरुमा पातलो शरीर, चिल्लो छाला जस्ता ट्रेन्डको दबाब कम गर्ने अपेक्षा गरिएको छ । -बीबीसी । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार