कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मृगौला फेल भएपछि अस्पताल भर्ना

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ३, आइतबार  
कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मृगौला फेल भएपछि अस्पताल भर्ना


काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् ।

दुबै मृगौला फेल भएपछि उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको बताइएको छ ।

केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । लगत्तै समस्या देखिएपछि उनलाइै पुनः अस्पताल लगिएको बताइएको छ ।

मृगौलाको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको बताइएको छ ।उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।  

जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् । विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार