मीमी’को ट्रेलर सार्वजनिक भएपछि अभिनेत्री कृति सेननको चर्चा : आफ्नो  चरित्रलाई यथार्थ रुप दिन कृतिले बढाइन् १५ किलो तौल

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ३, आइतबार  
मीमी’को ट्रेलर सार्वजनिक भएपछि अभिनेत्री कृति सेननको  चर्चा  : आफ्नो  चरित्रलाई यथार्थ रुप दिन कृतिले बढाइन् १५ किलो तौल

बलिउडमा विभिन्न सामााजिक मुद्दाहरुमाथि फिल्म बन्ने गर्दछ । फिल्म ‘मीमी’को ट्रेलर सार्वजनिक भएपछि अभिनेत्री कृति सेननको कामको जताततै चर्चा भइरहेको छ । फिल्ममा कृति एक सरोगेट आमाको भूमिकामा छिन् । फिल्ममा उनका साथ अभिनेता पंकज त्रिपाठी छन् । अभिनेत्री कृति आफ्नो भूमिकालाई निकै चुनौतीपूर्ण मान्छिन् । किनकी उनी यो फिल्ममा पहिलोपटक गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् ।

बलिउड फिल्ममा रोल अनुसारको भूमिका खेल्नको लागि कलाकारहरुले आफूलाई परिवर्तन गर्ने गर्दछन् । दंगलमा आमिमरले कैयौं किलो वजन बढाएका थिए, त्यस्तै सुल्तानमा सलमान खानले । मीमीमा उनले गर्भवती देखिनकै लागि १५ किलो तौल बढाएकी थिइन् । हालैमात्र उनको ट्रान्सफर्मेशनवाला भिडियो सार्वजनिक भएको छ । भिडियोमा कृतिले आफ्नो तौल बढाउनका लागि के के खानेकुरा खाएकी छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

कृतिले आफ्नो तौल बढाउन निकै मिहीनेत गरेकी थिइन् । कृतिका अनुसार गर्भावस्थाको शुरुवाती ३ महिनामा तन्दुरुस्त देखाउनका लागि निर्देशकले सारा खानेकुरा खुवाएका थिए । कृतिले आफूले चक्लेट, चिप्स र गुलियोजन्य पदार्थ सबै खाएको खुलाइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार