प्रिओपन सेसनमा  शेयर बजार : यस साता के होला ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि प्रिओपन सेसनमा मूल्य परिवर्तन सीमा घटाउने निर्णय यस अघि नै गरेको थियो

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ३, आइतबार  
प्रिओपन सेसनमा  शेयर बजार  : यस साता के होला ?

काठमाडौँ ।  देशमा भएको राजनैतिक परिवर्तनका कारण लगानीकर्ताहरु सेयरबजार यो महिना केही उथलपुथल आएको छ । 

गत साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ। अघिल्लो साता २८२५.१० विन्दुमा रहेको नेप्से, गत साता ५८.२८ प्रतिशत अर्थात २.०६ प्रतिशत बढेर २८८३.३८ विन्दुमा पुगेको छ। तर , यो नयाँ आर्थिक वर्षको पहिलो कारोबारका साउन ३ गतेका दिन (आइतबार) प्रिओपन सेसनमा परिवर्तन हुने भएपछी के हुने हो भन्ने सबैमा जिज्ञासा लागेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि प्रिओपन सेसनमा मूल्य परिवर्तन सीमा घटाउने निर्णय यस अघि नै गरेको थियो । सो नियम आइतबारको पहिलो प्रिओपन सेसनबाट परिवर्तन हुने भएको हो ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरी प्रिओपन सेसनमा अधिकतम २ प्रतिशत मात्र मूल्य तलमाथि भएर खरिदबिक्री आदेश राख्न पाइने व्यवस्था गरको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा हाल रहेको ५ प्रतिशत मूल्य परिवर्तन सीमा घटाएर नेप्सेले २ प्रतिशत मा झारेको हो । प्रिओपन सेसनको कारोबारमा सेयर मूल्य अत्याधिक उतारचढाव भएपछि यस्तो व्यवस्था गरिएको हो ।

यस्तै, नेप्सेले विनियमावली संशोधन गरी आइतबारदेखि नै लागू हुने गरी दोस्रो बजार कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ । हाल १ रुपैयाँ रहेको न्यूनतम मूल्य परिवर्तन सीमा घटाएर १० पैसा बनाएको हो । आइतबारदेखि लगानीकर्ताले न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा खरिदबिक्री आदेश दिन सक्नेगरी कारोबार गर्ने छन् ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७५० विन्दुमा टेवा पाउने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार