अमिताभ बच्चनले  दिए  आफ्ना प्रशंसकलाई सरप्राइज : पिता कवि हरिवंशको किताब आफ्नै आवाजमा रेकर्ड गर्दै 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन २, शनिबार  
अमिताभ बच्चनले  दिए  आफ्ना प्रशंसकलाई सरप्राइज  : पिता कवि हरिवंशको किताब आफ्नै आवाजमा रेकर्ड गर्दै 

काठमाडौँ  । बलिउडका महानायक अमिताभ बच्चनको पिता महान कवि हुन् । अमिताभ बच्चनले सामाजिक सञ्जालमार्फत् आफ्ना प्रशंसकलाई एउटा सरप्राइज दिएका छन् । उनले कवि हरिवंश राय बच्चनको कविता आफ्नै आवाजमा रेकर्ड गर्ने तयारी गर्न लागेको बताएका छन् । भारतीय चर्चित कवि हरिवंश अमिताभका पिता हुन् ।  

अमिताभले आफ्नो पितालाई अति नै सम्मान दिन्छन् । अमिताभले यो घोषणा गर्दै ट्विटरमा फोटोसमेत सार्वजनिक गरेका छन्। सेयर गरेको एक तस्बिरमा उनी हेडफोन लगाएको र अर्कोमा बुबाको पुस्तक पढिरहेको देखिन्छन् । उनले ट्वीट गरेका छन्, ‘मेरो पूज्य बाबूजीको लेखनबाट आफूले आफैंलाई धेरै टाढा राख्न सक्दिनँ। र उहाँको उच्चारण, आफ्नै स्वरमा।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार