प्रधानमन्त्री देउवाद्धारा  मुख्यसचिव र स्वास्थ्य सचिवलाई खोप केन्द्र बढाउन निर्देशन 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन १, शुक्रबार  
 प्रधानमन्त्री देउवाद्धारा  मुख्यसचिव र स्वास्थ्य सचिवलाई खोप केन्द्र बढाउन निर्देशन 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई  निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज दुवै जनालाई  बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

त्यति मात्र होइन , देउवाले ट्वीट  पनि गर्दै  ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु, भनेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार