किन लगाइन्छ साउन महिनामा हरियो चुरा ? यस्तो छ ऐतिहासिक महत्व

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन १, शुक्रबार  
किन लगाइन्छ साउन महिनामा हरियो चुरा ?  यस्तो छ ऐतिहासिक महत्व

काठमाडौँ । साउनको पवित्र महिना शुरु भएको छ । साउन महिनाको आफ्नै महत्व र विशेषता छ । साउन महिनभरी महिलाले शिवको पुजा आराधना गरेर मनाउने प्रचलन रहेको छ ।

शिव भक्तको लागि यो महिना खास मानिन्छ । साउन महिनामा हरियो रंगले ठुलो महत्व बोकेको हुन्छ । विवाहिता वा अविवाहिता महिलाहरुले हातमा हरियो चुरा लगाउने गर्छन् । हरियो चुरा लगाउनुको कारणको बारेमा आज हामी चर्चा गर्छौ ।

मान्यतानुसार हरियो रंगको महत्वः प्रकृतिको रंग हरियो हुन्छ । यसैले यो महिनामा हरियो रंग लगाउने ठुलो कारण विवाहको प्रतिक मानिन्छ । साउन महिनामा शिवको पुजा विधि विधाननुसार गर्ने चलन छ । त्यसैले महिलाहरुले हरियो रंगको चुरा लगाउछन्, जसमा शिव भगवानको आर्शिवाद प्राप्त हुन्छ ।

यस महिनामा भगवान शिवलाई हरियो रंगका बेल वा धतुरो चढाइन्छ । हरियो रंग शिवलाई सुहाउँछ । हरियो रंग लगाउदा शिव निकै प्रसन्न हुने पनि विश्वास रहि आएको छ । हरियो रंगबारे अन्य पनि मान्यता छन् ।

धर्म ग्रन्थमा हरियाली प्रकृतिको पनि पुजा गरिन्छ । रुख आदीको पुजा विधि विधाननुसार गर्नुपर्छ । यसरी पुजा गर्दा व्यक्तिले प्रकृतिलाई आभार व्यक्त गरीरहेको हुन्छ । यसैले हरियो रंग लगाउनाले प्रकृतिको पनि आर्शिवाद प्राप्त हुन्छ ।

भविष्यको लागि शुभः बृद्ध ग्रह कोहि व्यक्तिको भविष्य र व्यवसायमा जोडिएको हुन्छ । यसैले हरियो रंग धारण गर्दा मानिसको कार्यक्षेत्रमा सफलता हासील गर्न सक्नेछन् ।


 

 

 
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार