शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असार ३०, बुधबार  
शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

काठमाण्डौ । नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् । नेपाल सरकारले आव २०७८/७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ ।

आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेकामा आफूहरु खुशी भएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार