गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत, विपक्षमा २७ मात्रै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असार ४, शुक्रबार  
गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत, विपक्षमा २७ मात्रै

काठमाडौं। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका नेपालीले शुक्रबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए।

सो प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत पर्यो। ५९ सदस्यीय प्रदेशसभामा बहुमत सांसद सरकारको पक्षमा देखिएका हुन्। प्रदेश सभामा ५८ सांसद उपस्थित थिए। काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र एक सांसदले सरकारलाई विश्वास रहेको मत जाहेर गरेका हुन्।

काँग्रेसका नेपाली संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यो धारा बमोजिम मुख्यमन्त्री नियुक्त हुनेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री नेपालीले मुख्यमन्त्री नियुक्त भएको एक हप्तामा विश्वासको मत लिएका हुन्। 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार