सुनको मूल्य घट्यो, हेर्नुस् कति छ आज ?

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असार ३, बिहीबार  
सुनको मूल्य घट्यो, हेर्नुस् कति छ आज ?

काठमाडौँ । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य आज घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । हिजो बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार