गण्डकीमा ढल्यो एमालेको सरकार, गुम्यो गुरुङको मुख्यमन्त्री पद

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ २७, बिहीबार  
गण्डकीमा ढल्यो एमालेको सरकार, गुम्यो गुरुङको मुख्यमन्त्री पद

काठमाडौँ  । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ। गुरुङले बिहीबार लिइएको विश्वासको प्रस्तावमा बहुमत नपुगेपछि एमाले नेता गुरुङ नेतृत्वको सरकार ढलेको हो।

सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने भए पनि उनले जम्मा २७ मत पाएका छन्।

विपक्षमा ३० मत परेको छ। प्रदेशसभा बैेठकमा ५८ जना उपस्थित भए पनि जम्मा ५७ जनाले मतदान गरेका छन्। एक जना तटस्थ बसेका छन्। राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित भए।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर