काठमाडौँ उपत्यकामा घट्यो संक्रमण : थप ७६४ जनालाई कोरोना पुष्टि

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ २७, बिहीबार  
काठमाडौँ उपत्यकामा घट्यो  संक्रमण : थप ७६४ जनालाई कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५४०, ललितपुरका १२५ तथा भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर