देशैभर ह्वातै घट्यो संक्रमण : थप ३७४९ जना संक्रमित, ५२९३ जना संक्रमणमुक्त

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ २७, बिहीबार  
देशैभर ह्वातै घट्यो संक्रमण : थप ३७४९ जना संक्रमित, ५२९३ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षणबाट ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर