राष्ट्रपति भण्डारीद्धारा नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ २७, बिहीबार  
राष्ट्रपति भण्डारीद्धारा नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त सांसद तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ गराएका हुन्।

जेठ २१ गते गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट विचाराधीन रहेको र कारण देखाऊ आदेश जारी भएको सन्दर्भमा ओलीले बिहीबार फेरि मन्त्रीपरिषद विस्तार गरेका हुन्।

साढे तीन वर्षको अवधिमा ओलीले गरेको मन्त्रिपरिषद हेरफेर यो १८औँपटक हो।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष, बादल निकट, जसपा र आफ्नै गुटमा आबद्ध नेताहरुलाई समेटेर पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिहीबार नेपाल पक्षमा रहेर केही समयदेखि तटस्थ देखिँदै आएका गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएको छ। त्यस्तै रामबहादुर थापा बादलको कोटामा उनीकी पत्नी नैनकला थापा सञ्चार मन्त्रलाको जिम्मेवारी दिइएको छ।

ओलीले आफूनिकट नेता खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिएका छन्।

त्यस्तै नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री र आशा विक, वनराज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर