कोटेश्वर भाटभटेनीका म्यानेजर गुरुङ पक्राउ  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ २४, साेमबार  
कोटेश्वर भाटभटेनीका म्यानेजर गुरुङ पक्राउ  

काठमाडौं । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेपछि भाटभटेनीका कर्मचारी सबै निस्किएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर