अभिनेता अग्रहरिले गरे पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सहयोग

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ २०, बिहीबार  
अभिनेता अग्रहरिले गरे पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सहयोग

काठमाडौँ । अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । उनले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् ।

परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिएका छन् । यस्तो बेला केही राहत होस् भनेर आफुले सकेको सहयोग दिएको उनले बताए । सक्नेलाई सहयोगमा जुट्न समेत आग्रह गरेका छन् । 

अग्रहरि फिल्म पर्दामा हिरो र भिलेन दुबै भुमिकामा देखिने कलाकार हुन् । ‘कथा काठमाण्डू’ फिल्ममा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्य निकै चर्चित भएको थियो । ‘कथा काठमाण्डू’को अलवा उनले उमा, सुन्तली, संरक्षण, जाइरा, लगायतका फिल्ममा अभिनय गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर