संसद् विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ आइतबार हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ १४, शुक्रबार  
संसद् विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ आइतबार हुने

काठमाडौँ । संसद विघटनविरूद्ध परेका रिटमाथिको सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। अब अर्को सुनुवाइ आइतबार हुनेछ। शुक्रबार बसेको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो। इजलासमा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले शुक्रबार निवेदकका तर्फबाट सहभागी कानुन व्यवसायीलाई १५ मिनेटभित्र बहस सकाउन निर्देशन दिएका थिए। संसद् पुनरस्थापना र विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तको माग गर्दै ३० वटा मुद्दा सर्वोच्च अदालतमा दायर भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर