डीएसपी प्रह्लाद कार्कीले बुट र लौरी हान्दै सर्जिकल कर्मचारीमाथि यसरी गरे कुटपिट (भिडियो)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ १३, बिहीबार  
डीएसपी प्रह्लाद कार्कीले बुट र लौरी हान्दै सर्जिकल कर्मचारीमाथि यसरी गरे कुटपिट (भिडियो)

काठमाडौं । नेपाल प्रहरीका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले एउटा सर्जिकल पसलमा पसेर कर्मचारीलाई बुट र लौरोले हिर्काएको सीसीटीभी भिडियो भाइरल बनेको छ ।

डीएसपीले गरेको कुटपिटको सबैले आलोचना गरेका छन् । उनलाई कारबाही गर्नुपर्ने मागसमेत सबैतिरबाट उठेको छ । उक्त भिडियो वीरगन्ज महानगरपालिका– ८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसको हो ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई कुटेका थिए । भिडियो खिचेको आरोपमा अहमदलाई कुटिरहेका डीएसपीले पसलमा सीसीटीभी जडान रहेको थाहा नै पाएनन् ।

सर्जिकल हाउसको छेउमै रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको आरोपमा डीएसपीले कुटपिट गरेको प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले जनाए ।

लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइल समेत डीएसपीले खोसेर लगेको पटेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर