बलिउड अभिनेता संजय दत्तलाई युएईको गोल्डन भिषा

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ १३, बिहीबार  
बलिउड अभिनेता संजय दत्तलाई युएईको गोल्डन भिषा

एजेन्सी । बलिउड अभिनेता संजयदत्तले युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् । भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । 

गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । जसको जारी २०२० बाट सुरु गरिएको हो ।

१० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्सलगायतलाई दिने गरिन्छ । बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् ।  

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर