डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोगको आवश्यकता छ 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ जेठ १, शनिबार  
 डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोगको आवश्यकता छ 

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले नेपालसहितका देशहरु संक्रमणसँग जुध्न उच्च संघर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर