मुनाको नियतिको खेल सार्वजनिक (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख २९, बुधबार  
मुनाको नियतिको खेल सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायिका मुना कुमाल र गायक सुमन बस्नेतको आवाजमा नियतिको खेल बोलको गीत सार्वजनिक भएको छ ।

लोक लयमा आधारित  यस गीत मा राजेन्द्र रावतको शब्द रहेको छ भने कृष्ण बाजुरालीले संगीत  तथा एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा विक्रम बुढाथोकी, ध्रुव कोइराला र जसोदा कार्कीको जिवन्त अभिनय रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियो सुनिल केसीको अफिसियल युटुब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको हो ।

गीतमा समाजमा रहेका छुवाछुत र जातजातिप्रति हुने गरेको विभेदलाई मुख्य विषय वस्तु बनाइ दुई जोडीबीचको प्रेमलाई कलात्मक ढंगले देखाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर