ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानको निधन

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख २३, बिहीबार  
ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । मखमली स्वरका धनी गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

छातीमा संक्रमण देखिएपछि सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा आधा घण्टाअघि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गायक प्रधानका ‘घुम्तीमा नआऊ है‘’ लगायत दर्जनौँ गीत कालजयी सावित भएका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर