अल्पमतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, तीन सांसदले दिए राजीनामा

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख १९, आइतबार  
अल्पमतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, तीन सांसदले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी राजनीतिक उथलपुथलका बीचमा अर्को घटना थपिएको छ । लुम्बिनी प्रदेश सभाका तीनजना सांसदले सभामुखलाई राजीनामा बुझाएपछि प्रदेशको राजनितिले नयाँ मोड लिएको हो ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।
आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त नहुँदै सांसदले राजीनामा दिएका हुन्।

सांसदको राजीनामा छल्न नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।

जसपाका चारजना सभासद्को पद रिक्त भएसँगै प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि मुख्यमन्त्री पोखरेलले एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए। उनले पेस गरेको दाबीअनुसार तत्कालै उनलाई मुख्यमन्‍त्री नियुक्त गरिएको थियो। तर तीनजना सांसदले राजीनामा दिएपछि उनले बहुमत गुमाएका छन् । उनको नियुक्ति विवादमा परेको छ।

नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीना दिएका थिए।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार