कोरोना जितेका कलाकार मदनकृष्ण भन्छन्, ‘ जीन्दगी केही छैन्, आफै सचेत बनौँ’

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख १८, शनिबार  
कोरोना जितेका कलाकार मदनकृष्ण भन्छन्, ‘ जीन्दगी केही छैन्, आफै सचेत बनौँ’

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ  कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणलाई पराजित गर्दै उनी मेडिसिटी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।

यसपटक संक्रमित भएपछि उनलाई ८ दिनअघि मेडिसिटीमा भर्ना गरिएको थियो। ८ दिनको अस्पताल बसाई पछि आफू निको भएर घर फर्केको उनले बताएका छन्।

कलाकार श्रेष्ठले कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह गर्दै संक्रमणको जोखिमबाट बच्न जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन्।

सांसारिक प्रलयका रुपमा आएको महामारीलाई पराजित गर्न सबैले एक अर्काको साथ दिनुपर्ने उनको भनाइ छ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार