मेलिना राईको ‘तिमी बिना’ मा विश्वजित र अष्मिता (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख १५, बुधबार  
मेलिना राईको ‘तिमी बिना’ मा विश्वजित र अष्मिता (भिडियो सहित)

काठमाडौँ । गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । रोबिन टोटोको शब्द, तारालक्सम लिम्बुको संगीत र टेकेन्द्र याक्सो लिम्बुको संगीत संयोजन  रहेको छ ।

जीवन स्वारले निर्देशन गरेको भिडियोमा विश्वजित रिमाल र अष्मिता ढकालले अभिनय गरेका छन् । आधुनिक मेलोडियस गीतको भिडियोमा मार्बिन मौसम दराई, विवेक पराजुली र संगीता पराजुलीको पनि अभिनय रहेको छ ।

आन्ग्छेंन लामाको डिओपी रहेको म्युजिक भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर, आकाश रावल र समिप सापकोटाको प्रोडक्सन रहेको छ ।

भिडियोको निर्माता ज्योति लोहार टोटोको निर्माणमा रहेको उक्त म्युजिक भिडियो जेआर म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।  सोमबार सार्वजनिक भएको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार