बालुवाटारमा ओली पक्षको आकश्मिक स्थायी कमिटि बैठक सुरु, लगत्तै अर्को बैठक  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख १२, आइतबार  
बालुवाटारमा ओली पक्षको आकश्मिक स्थायी कमिटि बैठक सुरु, लगत्तै अर्को बैठक  

काठमाडौँ । नेकपा एमाले (ओली पक्ष) को स्थायी कमिटिको आकश्मिक बैठक बालुवाटारमा सुरु भएको छ। यसअघि महाधिवेशन आयोजक कमिटि बैठक बिहान १० बजे बोलाइएको थियो।

तर महाधिवेशन कमिटिको बैठकअघि आकश्मिक रुपमा स्थायी कमिटि बैठक बसिरहेको हो। स्थायी कमिटि बैठक सकिएपछि मात्रै महाधिवेशन आयोजक कमिटिको बैठक सुरु हुने एक नेताले जानकारी दिए।

आज आकश्मिक रुपमा बसेका दुवै बैठकले माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई कारबाही गर्ने निर्णय लिन सक्ने अनुमान गरिएको छ।

  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार