आजदेखि नेपाल सुपर लिग, उद्घाटन खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख ११, शनिबार  
आजदेखि नेपाल सुपर लिग, उद्घाटन खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्ने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रयोगिता शनिबारदेखि सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा अक्सनबाट खेलाडी अनुबन्धन गरि हुन लागेको यो पहिलो फ्रेन्चाइज फुटबल प्रतिस्पर्धा हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभिन्न सात शहरको नाममा रहेका टोलीबिच प्रतिस्पर्धा हुनेछ।

उद्घाटन खेलमा बेलुका साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ रेजर्स र ललितपुर सिटीबिच प्रतिस्पर्धा हुनेछ। तर खेल हेर्नका लागि दर्शक रंगशालामा जान भने पाउने छैनन्। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दर्शक बिहीन रंगशालामा खेल हुन लागेको हो। काठमाडौँको कप्तानमा विकेश कुथु तथा ललितपुरको कप्तानमा अन्जन विष्ट रहेका छन्।

आउँदो जेठ १ गतेसम्म हुने प्रतिस्पर्धामा काठमाडौँ र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन्।

प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख नगद पुरस्कार पाउने छन्। यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई राइजिङ्ग स्टारका रुपमा पुरस्कृति गरिने आयोजकले जनाएको छ। हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार नगद पुरस्कार पाउने छन् भने प्रत्यक खेलका इमर्जिङ्ग स्टार खेलाडीले १० हजार नगद पाउने छन्।

सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने खेलको इमर्जिङ्ग खेलाडी विधामा ए क्याटगोरी र विदेशी खेलाडी सामेल हुने छैनन्।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार