राष्ट्रपतिद्वारा इडनबराका राजकुमार फिलिपको निधनमा समवेदना व्यक्त

लाल्टिन खबर ,
प्रकाशित: २०७७ चैत २८, शनिबार  
राष्ट्रपतिद्वारा इडनबराका राजकुमार फिलिपको निधनमा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएको बताएकी छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेकी छन् । सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गर्नुभएको सत्कार्य पुस्ताले सम्झिरहने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार