images
images

रास्वपा केन्द्रीय सदस्य नै भन्छन्- सहकारीसम्बन्धी छानबिन समिति बनाऔं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीसम्बन्धी छानबिन गर्न समिति बनाउनु पर्ने बताएका छन् । बुधबार फेसबुकमा एक पोस्ट लेख्दै कार्कीले छानबिन समिति बनाएर यो विषय टुंग्याउन अनुरोध गरेका हुन् । सहकारीको साना-साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई आफूहरुले सभापति नबनाएको तर्क कार्कीले गरेका छन् ।

‘सहकारीको साना-साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ,’ उनले लेखेका छन्, ‘प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ । जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ । तर यो कुरा सकिदिउँ ।’

संसदीय छानबिन समितिको विषय विगतमा आफूहरुले नै उठाउँदै आएको कार्कीको भनाइ छ । संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो आफूहरुकोविरूद्धमा जस्तो भएको भन्दै त्यो भ्रामक भएको बताएका छन् ।

‘संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ,’ कार्कीले लेखेका छन्,’तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।’

 

हेर्नुहोस् कार्कीको पोस्ट :

स्रोत : कान्तिपुर