फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लाल्टिन खबर ,
प्रकाशित: २०७७ चैत ३, मङ्गलबार  
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ला महिनामा सरकारले पटक(पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ ।

निगमले मंगलवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

पेट्रोल तथा डिजेलर मट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन (आन्तरिक उडानतर्फ) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ) को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ९.३५, डिजेलमा प्रति लिटर ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर ३९२.८२ घाटा कायम रहने उनले बताए । अर्धमासिक रूपमा निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।

सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार