images
images

माधव नेपालले प्रधानमन्त्रीलाई ‘प्रचण्ड सी’ भनेपछि…

काठमाडौं । समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रचण्ड सी’ भनेर सम्बोधन गरेका छन् ।

मंगलवार राष्ट्रिय सभागृहमा आयोजित अन्तरक्रियामा अध्यक्ष नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई ‘विप्लव सी’ सम्बोधन गरेपछि प्रचण्डलाई पनि ‘प्रचण्ड सी’ भनेर सम्बोधन गरेका हुन्।

त्यसपछि सभाहलमा हाँसो गुन्जियो ।  ‘सी’ भनेको कमरेड हो कलिक हो ।

समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रियामा प्रचण्ड लगायत नेताहरू सहभागी छन् ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले नामको पछाडि सी लेख्दै आएका छन् ।