images
images

त्रिभुवन विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक लगाइएको छ । उडानलाई निरन्तरता दिई उत्तरतर्फबाट जहाज अवतरण गर्न आजदेखि तीन महिनासम्मका लागि रोक लगाइएको हो ।

यससँगै दक्षिण तर्फको रनवेमा चाप थपिने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको तिवारीले बताए ।

उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ पनि निर्माणको काम थालिनेछ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि निर्माण गर्न लागिएको तिवारीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २००९ देखि नै गुरुयोजना अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी)मार्फत् विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ ।