images
images

गृहमन्त्रीलाई गुमाउनुपर्ने त्रास सत्तारुढ दलहरुमा देखियो: कांग्रेस

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी गठकाृ पक्षमा सरकारले वकालन गरेको आरोप लगाएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको दाबी गरेकी हुन्।

सांसद गौतमले सरकारले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताइन्।

उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रश्तुत भएका पनि बताउनु भयो । सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताइन्।

सांसद गौतमले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताइन्।

सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको आरोप छ।

‘सरकारका मुखिया र गठबन्धनका नेताहरुको कुरा सुन्दा लाग्छ, उहाँहरु सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ । उहाँहरु कार्यकारी पनि आफैँ हुनुहुन्छ । न्यायालय पनि आफैँ हुनुहुन्छ । वादी, प्रतिवादी दुवै आफँै हुनुहुन्छ । अनि फैसला पनि सुनाउनुहुन्छ । आफ्नो अनुकुलमा उहाँहरुले आफ्नो फैसला सुनाउनुहुन्छ, गौतमले अगाडि भनिन्,

‘सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरुलाई घर न घाटको बनाउने सहकारी ठगहरुको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ। प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ ।’

उनले सहकारी समस्या छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याइन्।