images
images

प्रतिनिधिसभा बैठक आज बस्दै छ

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

सचिवालयका अनुसार आजको बैठकमा शून्य र विशेष समयका अतिरिक्त सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् महासचिव पद्य प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।