योगेश भट्टराई सवार गाडीले रौतहटमा साइकल यात्रीलाई ठक्कर, घाइतेलाई काठमाडौँ ल्याइयो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन १६, आइतबार  
योगेश भट्टराई सवार गाडीले रौतहटमा साइकल यात्रीलाई ठक्कर, घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । प्रचण्ड नेपाल समुहका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराई सवार गाडिले ठक्कर दिँदा एक साइकल यात्री घाइते भएका छन् ।

आइतबार जनकपुरबाट हेटौँडातर्फ आउँदै गर्दा रौतहटको चन्द्रनिगाहापुरमा नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडिले ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

करिब ७ बजेतिर साईकलमा सवार रहेका घिमिरेलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घिमिरेको स्थानीय अस्पतालमा उपचार असम्भव भएपछि काठमाडौँ रेफर गरिएको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार