ब्राउन सुगर सहित न्यायाधिश पत्नी पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन १६, आइतबार  
ब्राउन सुगर सहित न्यायाधिश पत्नी पक्राउ

काठमाडौँ । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलको पत्नी तुलसालाई प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनले प्रयोग गर्दै आएको स्कुटरबाट प्रहरीले ब्राउन सुगरर बरामद गरेको हो । आइतबार दिउँसो तुलसीपुरबाट ४२ वर्षीया तुलसालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् ।

तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं’, दाङका डीएसपी मुकुन्द रिजालले भने ।

इप्रका, तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् । उनीमाथि प्रहरीले थप अनुसन्धान भइरहेको भनिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार