images
images

गोरखापत्र संस्थान सञ्चालक सदस्यमा भुर्तेल नियुक्त

काठमाडौं, चैत १८ गते । गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा उपसचिव विजय भुर्तेल नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सावित्री देवकोटा पौडेलले आइतबार जारी गर्नुभएको पत्रमा उहाँलाई नियुक्त गरिएको उल्लेख छ ।

पत्रमा भनिएको छ, “तपाईँलाई अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थान ऐन २०१९ को दफा ८ को उपदफा १ (ग) बमोजिम गोरखापत्र संस्थानको सञ्चालक सदस्य तोकिएको ब्यहोरा चैत १३ गतेको निर्णयअनुसार अनुरोध छ ।” भुर्तेल मन्त्रालयको उपसचिव हुनुहुन्छ ।