images
images

जग्गाको कित्ताकाट फुकुवा :२५ हजार भूमिहीनलाई लालपुर्जा दिइने

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्याङ्कन प्रणाली लागु गरिने उनले बताए । २५ हजार भूमिहीनलाई लालपुर्जा दिइने

यस्तै  सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका छन् ।

उनले आगामी आर्थिक वर्षमा गाउँ ब्लकको जग्गा नापजाँच गरिने बताए ।

अर्थमन्त्री महतले मालपोत र नापी सम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रदान हुने घोषणा गरेका छन् ।