images
images

एमालेसहितको वामपन्थी एकतातर्फ फेरि फर्कियौँ : प्रधानमन्त्री दाहाल

कामठाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्। उनले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख गरे।

 

२४औँ जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिलाई एकताबद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे।

त्यसअवसरमा उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गरे। आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालले बताए।