images
images

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

काठमाडौं- त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हाे।

मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुलेकाे छैन।

बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो। ट्याक्सीमा सवार सबै गाेरखाका भएकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनाकाे बारेमा विस्तृत विवरण आउन बाँकी नै छ।