काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ। तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो।
चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ। तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ।
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार