पीसिआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन नराख्न पर्यटन व्यवसायीको माग

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन १०, साेमबार  
पीसिआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन नराख्न पर्यटन व्यवसायीको माग

काठमाडौँ । पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको क्वारेन्टाइनको प्राधान हटाउन सरकारसँग माग गरेका छन् ।

सोमबार संयुक्त कार्यक्रम आयोजना गर्दै पर्यटन व्यवसायीले क्वारेन्टाइनको प्रावधान हटाउन   माग गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण नेपालको पर्वतीय पर्यटनसहित  समग्र पर्यटन उद्योग धरासायी भनेको भन्दै पर्यटन क्षेत्रमा उब्जिएको समस्या समाधानमा सरकारले चासो नदेखाएको पर्यटन व्यवसायीको गुणासो रहेको छ ।

नेपाल सरकार र सरकारका विभिन्न निकायमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दागर्दै समेत सरकारले ध्यान नदिएको व्यवसाइले बताएका छन् ।

ट्रेकिङ्ग एजेन्सिसज एशोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल होटल संघ (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), हिमालयन उद्वार संघ, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटो नेपालसहित दुई दर्जन भन्दा बढी संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार