काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारेमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको टोलीले बताएको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष टोलीका प्रमुख शर्माले राखेको थापाले जानकारी दिए । नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि २०५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाइ टोली प्रमुख शर्माको थियो ।
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार