images
images

गृहमन्त्री लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गरेका छन्।

भेटमा उनीहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको उनको सचिवालयले जानकारी गराएको छ ।