images
images

श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन

२०८० चैत ८
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गर्नु भएको छ । विहीबार साँझ मन्त्री आफै ताहाचल पुगी कार्यालयको अनुगमन गर्नु भएको हो ।
कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिनु भएको थियो । त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गर्नुभयो ।
श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिनु भएको थियो । मन्त्रीको निर्देशन पछि कार्यालयको २० वटा कम्प्यूटर अपटेड गरिएको छ । कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाईएको छ ।
त्यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुन ः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १५ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति तर्फ १५जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अब देखि व्यक्तिगत श्रम स्वीकृति तर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।
त्यस्तै, प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी छ ।
यसका साथै दिउँसो एक बजे देखि मात्रै टोकट वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ । विहान नौ बजे देखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर स्लो हुने भएकोले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो ।
हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । त्यस्तै, एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिन भित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिईदै आएको छ । तीन दिन भित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।