मोरक्कोमा भीषण बाढी, २४ जनाको मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७७ माघ २७, मङ्गलबार  
मोरक्कोमा भीषण बाढी, २४ जनाको मृत्यु

एजेन्सी । अत्यधिक ठूलो बाढी पहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ ।

देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार